Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाण्डाै – क्रिकेट २०२३ मा भारतले लगातार पाँचौं जित दर्ता गर्दै सेमिफाइलन सम्भावना बलियो बनाएको छ । धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

दुई सय ७४ रनको लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । विराट कोहलीले ९५ रन बनाए । कोहलीले ८ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका लागि लोकी फर्गुसनले २ विकेट लिएका थिए । यो जितसँगै प्रतियोगितामा भारतको अपराजित यात्रा कायमै रह्यो ।

न्युजिल्यान्डलाई पराजित गरेसँगै भारतको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनेको छ । विश्व कप २०२३ मा भारतको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा न्युजिल्यान्डको अपराजित यात्रामा भने विराम लागेको छ । विश्वकपमा भारतले न्यूजिल्याण्डलाई २० वर्ष पछि पराजित गरेको हो ।

तपाईको प्रतिक्रिया