Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दसैँमा राष्ट्रपति रामचन्द्र पौडेलको हातको टीका बहिष्कार गर्न सर्वसाधारणमा अपिल गरेका छन् । उनले विभिन्न पाँच तर्कहरू प्रस्तुत गर्दै यस्तो अपिल गरेका हुन् ।

उनले राष्ट्रपति संस्था सबैको अभिभावक हुनुपर्नेमा त्यो हुन नसकेको टिप्पणी गरेका छन् । गणतन्त्रले तीन राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भएको तर देशको नभएको उनको तर्क छ । अब सबै पार्टीले जटिल समयमा राष्ट्रपति ‘आफ्नै मान्छे’ हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने सम्भावना नभएको पनि उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्र र राज्य’ को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ ।’

हालै संविधान दिवसमा राष्ट्रपति पौडेलबाट कैद माफी पाएको व्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रुकुममा एक महिलाको हत्या गरेको घटना उनले उल्लेख गरेका छन् । राष्ट्रपतिले नै दिउँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरिदिएको भन्दै उनले सजाय माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको आरोप लगाएका छन् ।

यस्ता छन् मिश्रले देखाएका तीन कारण

  • असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादसैँको मुखमा राष्ट्रपतिले गरेको उक्त ‘पाप–कर्म’ आम–जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाउमा नुन–चुक छर्किने ?
  • राष्ट्रपति पौडेलले आह्वान गरेको दसैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले बहिष्कार गरेर उनलाई उनको ‘पाप–कर्म’ को नैतिक सजाय दिऊँ । यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ ।
  • हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो । अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए । अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैनथ्यो ।
तपाईको प्रतिक्रिया