Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – इजरायलमा मारिएका नेपालीहरू १० मध्ये ३ जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल पठाइएको थियो ।

चारवटा शवमध्ये तीनवटा शव काठमाडौँ आइपुगेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव आइपुगेको छ भने आशिष चौधरीको शव दिउँसो आइपुग्नेछ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, नेपालका लागि इजरायली राजदूत हाना गोडरलगायत अधिकारीहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरे । चौधरीको शव नेपाल आइपुगेसँगै चारवटै शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी लगिनेछ ।

तपाईको प्रतिक्रिया