Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । मतपरीणामअनुसार डा. बद्रि केसी विजयी भएको घोषणा गरिएको थियो । तर, निर्वाचनको मतपरीणाम भने अध्यक्षका अरु दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले भने अस्विकार गरेका छन् ।

अनलाईनमार्फत भएको भोटिङमा व्यापक धाँधली गरिएको आरोप लगाउदै शर्मा र श्रेष्ठले मतपरीणाम अस्विकार गरेका हुन् । अहिले निर्वाचित भनिएका पदाधिकारीहरुले एकलौटी रुपमा सपथ लिएका छन् । तर, परीणाम अस्विकार गरेका शर्मा र श्रेष्ठले भने अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि राख्ने भएका छन् । हिजो एनआरएनएको समापन समारोह मा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाईएको थियो । तर, मतपरिणाम विवादमा परेको र अर्को पक्षले विहानै भेटेर आफ्नो असन्तुष्टि राखेपछि भने प्रधानमन्त्री दाहालले कार्यक्रम बहिष्कार गरेका थिए ।आज भने केसी पक्षले एकलौटी रुपमा सपथग्रहणको कार्यक्रम राखेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले अहिले देखिएको विवाद मिलाउनको लागि निर्देशन दिएका थिए । तर, मन्त्री साउदको निर्देशनलाई उल्लंघन गर्दै केसी समूह एकलौटी रुपमा अघि बढेको शर्मा र श्रेष्ठ पक्षले आरोप लगाएका छन् । ***

तपाईको प्रतिक्रिया