Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएन)को ११ औँ अधिवेशनको समापन समारोह बिथोलिएको छ । निर्वाचन परिणामलाई लिएर विवाद चर्किएसँगै समापन समारोह बिथोलिएको हो ।

असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन कार्तिक ३ गते (शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेगरी एनआरएनएले कार्यतालिका बनाएको थियो । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखाएपछि मत परिणाम विवादित बन्यो ।

अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र आरके शर्माले भोटिङ प्रणाली कब्जामा लिएर धाँदली गरेको आरोप लगाएका छन् । दुबै पक्षले प्रधानमन्त्री प्रचण्डलाई भेटेर विवादबारे ब्रिफिङ गरेका थिए । अन्ततः समापन समारोहमा प्रधानमन्त्री नगएका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले पनि विवादबारे प्रधानमन्त्रीलाई जानकारी आएको भन्दै समापन कार्यक्रममा नजाने संकेत गरे । उनले भने, ‘कार्यक्रम नै स्थगित भन्ने छ, यस्तो विवाद भएको अवस्थामा कसरी जानु होला र ?’

तपाईको प्रतिक्रिया