आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ- इजरायलले गाजा क्षेत्रमा गरेको सैन्य आक्रमणका विरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा बृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको हो ।

इजरायली दूतावास कार्यालयअघि भएको प्रदर्शनमा पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि सहभागी भएका छन् ।
प्रदर्शनमा सहभागीहरूले प्यालेस्टाइन एक्लै छैन, प्यालेस्टाइनमाथिको हस्तक्षेप बन्द गर, प्यालेस्टाइनलाई स्वतन्त्र हुन देऊ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

तपाईको प्रतिक्रिया