Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार शर्मा (आरके)ले मतपरिणाम आफूलाई मान्य नभएको बताएका छन् । शुक्रबार प्रेस नोट जारी गर्दै उनले  निर्वाचन मत परिणामलाई पूर्ण रूपमा अस्वीकार्य रहेको भन्दै मान्य नहुने बताएका हुन् ।

उनले अनलाइन प्रणालीको चरम दुरुपयोग गरी धाँधलीपूर्ण रूपमा निर्वाचन मत परिणाम सार्वजनिक गरिएको आरोप लगाए । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२३(२०२५ कार्यकालका लागि १९ अक्टोबर २०२३ का दिन सम्पन्न निर्वाचन प्रक्रियामा प्रयोग गरिएको अनलाइन प्रणालीको चरम दुरुपयोग गरी धाँधलीपूर्ण रूपमा सार्वजनिक गरिएको निर्वाचन मत परिणामलाई पूर्ण रूपमा अस्वीकार गरी हामीलाई अमान्य  रहेको स्पष्ट पार्न चाहन्छौ,’ शर्माले भनेका छन् ।

परिणामले नै धाँधली स्पष्ट पारेकोले तथ्य कतै लुकेको उम्मेदवार शर्माले बताए । ‘एनआरएनएको दशौँ महाधिवेशनबाट भनिएको गैर आवासीय नेपालीहरूको मनलाई जोड्नका लागि हामीले गरेको भगीरथ प्रयासलाई टुङ्गोमा पुग्न नदिएर फुटको अवस्थामा रमाउन चाहने गिरोहको नेतृत्वले बिहीबार सम्पन्न निर्वाचनलाई धाँधलीपूर्ण बनाएको तथ्य सार्वजनिक मत परिणामले स्पष्ट नै पारेको तथ्य कतै लुकेको छैन,’ उनले प्रेस नोटमा अगाडि भनेका छन्, ‘एनआरएनए गैर आवासीय नेपालीहरूको हक हितका निम्ति सञ्चालित एक पवित्र अभियान हो । यो संस्था आफैमा एक खराब रहेको छैन र रहने पनि छैन । तर संस्थालाई उपयोग गरेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति भएका स्वार्थपूर्तिका खातिर यस संस्थालाई उपयोग गरिरहेका हरूले सम्पन्न निर्वाचनलाई प्रयोग गरिएको प्रणालीको चरम दुरुपयोग, संघको कार्यकारी पदमा रहेकाले अख्तियारको दुरुपयोग गरेर पूर्ण त धाँधली गरेकोले यसको निष्पक्ष छानबिन गरी सत्य तथ्य पत्ता लगाई दोषी उपर कार्यवाही र पुनर्निर्वाचन गराउने प्रक्रिया अघि बढाउनका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’

एनआरएनएको नियमक निकाय परराष्ट्र मन्त्रालयले अविभावकत्व प्रदान गरिदिनुपर्ने उनले बताए । ‘एनआरएनए निर्वाचनको लागि प्रयोग गरिने अनलाइन भोटिङ प्रणालीका बारेमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकमा पटक पटक कुरा उठाएको र वैकल्पिक अनलाइन भोटिङ प्रणालीको समेत व्यवस्थाका लागि मैले उठाएको एजेण्डालाई वेवास्ता गर्दाको परिणाम सम्पन्न निर्वाचनमा हामी भोग्न पुगेको निष्कर्ष मेरो छ,’ उनले भनेका छन्, ‘एनआरएनएको नियमक निकाय नेपाल सरकार परराष्ट्र मन्त्रालयलाई अब एनआरएनएका सम्पूर्ण काम कारबाही आफनो नियन्त्रणमा लिएर यसलाई सही गतिमा संघले राखेको लक्ष्य उद्देश्य प्राप्तिका निम्ति अघि बढाई अविभावकत्व प्रदान गरिदिनु हुन समेत माग गर्दछु ।’

तपाईको प्रतिक्रिया