Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले शुक्रबार नेपालखबरलाइ जानकारी दिए ।

सापकोटा प्रचण्डसँगै चीन भ्रमणमा गएका थिए । सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् । रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन् ।

उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय पढाउँछन् । साथै उनी त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन् ।

तपाईको प्रतिक्रिया