Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी-२’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । बडादशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो साता ३ करोड ३० लाख​ हाराहारीमा ग्रस कलेक्सन गर्न सफल भएको निर्माण पक्षले जनाएको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।

पहिलो चार दिनमा २ करोड हाराहारी कमाइ गरेको चलचित्रले मंगलवार, बुधवार र बिहीवार १ करोड ३० लाख​ ग्रस कमाएको निर्माता राजेश वंशलले जानकारी दिए । दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।

माउथ पब्लिसिटी राम्रो भएको कारण चलचित्रलाई दोस्रो सातामा पनि राम्रो शो मिलेको छ। शुक्रवारको बुकिङ पनि उत्साहजनक देखिएको छ ।

 

तपाईको प्रतिक्रिया