Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

काठमाडौं – काठमाडौँबाट पश्चिमतर्फ जाँदै गरेको कार नागढुंगामा दुर्घटना भएको छ । बिहान बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।

सडकबाट कार खस्दा ३ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनका अनुसार बैतडी घर भएका भवानसिंह रावल, उनकी पत्नी वसन्तकुमारी रावल र छोरा सिरिस रावल घाइते भएका छन् । उनीहरूको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले निकालिएको छ । कार दुर्घटना हुँदा केही समय नागढुंगा सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया