Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – निर्माण व्यवसायीले ६ अर्ब रुपैयाँ भुक्तानी पाउने भएका छन् । अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर निर्माण व्यवसायीलाई भुक्तानी दिन लागेको हो ।

अर्थले भुक्तानीबारे विकासे मन्त्रालय र सम्बन्धित कार्यालयहरुलाई परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैं अघि (फूलपाती अघि) नै निर्माण व्यवसायीको खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि निर्माण व्यवसायिले भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए । अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले निर्माण व्यवसायीको भुक्तानी दिन लागिएको बताए । उनका अनुसार अघिल्लो वर्षबाट सरेर आएको दायित्व भुक्तानी गर्न लागिएको हो । त्यसका लागि विकासे मन्त्रालयहरुले दोस्रो र तेस्रो त्रैमासका लागि छुट्याएको बजेट समेत खर्च गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया