Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्। राष्ट्रपति पौडेलले कार्तिक ७ गते विजया दशमीको दिन राष्ट्रपति भवन शितल निवासमा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिबाट टीका लगाउन चाहने मन्त्री, सांसद, संवैधानिक निकायका पदाधिकारी, निजामती, जंगी तथा प्रहरीका अधिकृत स्तरका कर्मचारीहरुका लागि दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय तोकिएको छ भने इच्छुक सर्वसाधारणका लागि अपराह्न ३ बजेदेखि ५ बजेसम्मको समय तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

साथै टीका ग्रहण गर्न चाहनेहरुलाई मर्यादित पोशाकमा आउन भनिएको छ। टीका लगाउनको लागि राष्ट्रपति भवनको गेट नम्बर १ बाट प्रवेश दिइने छ।

 

तपाईको प्रतिक्रिया