Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

हङकङले दिएको ९५ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ४२ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए भने कुशल भुर्तेलले ८, कुशल मल्लले १, सन्दीप जोराले ३ र गुलशन झाले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएपछि नेपालले ९५ रनको लक्ष्य पाएको थियो । हङकङका लागि यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए भने जीशान अलीले १७ रन बनाएका थिए । यो बाहेक हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

नेपाली बलर करण केसीले सर्वाधिक ४ विकेट लिएका थिए । उनले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिएका हुन् । सोमपाल कामी र अविनाश बोहोराले २-२ विकेट लिए भने कुशल मल्ल र मौसम ढकालले एक एक विकेट लिए । नेपालले आफ्ना दुई खेल जितेको छ भने युएई र हङकङले आ-आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।

अब अर्को खेल कार्तिक ४ गते नेपाल र हङकङबीच खेल हुने छ भने कार्तिक ५ गते युएई र हङकङबीच खेल हुनेछ । कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुनेछ । अंक तालिकामा शीर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुनेछ ।

तपाईको प्रतिक्रिया