Deneme Bonusu Veren Siteler
सोमबार, आषाढ ३१, २०८१
Monday, July 15, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गएको साउन ४ गते सुनको भाउ एक लाख १३ हजार ६ सय रुपैयाँमा पुगेको थियो ।

हिजो बुधबार सुनको भाउ तोलाको एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । आज तोलामा ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनमा परेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार अस्थिर बनेको छ । यसले भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया