Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बेइजिङस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।

चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । बेइजिङमा रहेका गृहमन्त्री श्रेष्ठलाई छाती दुखेपछि अस्पताल भर्ना गरिएको थियो । हाल उनलाई निगरानीका लागि आइसियुमा राखिएको छ ।

सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् । उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीनमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ गते चीन गएका थिए ।

तपाईको प्रतिक्रिया