Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए रातिदेखि नै अनलाइन भोटिङ गरिरहेका छन् । निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समयसीमा तोकिएको छ ।

अध्यक्षमा डा. बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्माबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्याशी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर श्रेष्ठलाई समर्थन गरेकी छिन् । अध्यक्षका प्रत्याशी तीनै जना प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

डा. केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।

अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् । अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा. केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् ।

एनआरएनएको ११औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । ७४ पदका लागि संसारभरबाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुई जना बीच प्रतिस्पर्धा हुँदैछ ।

दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ । अधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिमध्ये झण्डै ९ सय प्रतिनिधिले नेपालबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

यो पनि : महेशलाई समर्थन गर्दै रविनाले लिइन् उम्मेदवारी फिर्ता (विज्ञप्तिसहित)

तपाईको प्रतिक्रिया