Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – काठमाडौँमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा भाग लिन आएका विभिन्न देशका नेवारबन्धुहरुलाई स्वागत गर्दै तेस्रो विश्व नेवा: सम्मेलन २०२३ गत आइतबार कीर्तिपुरको ससःत्वाः हलमा सम्पन्न भएको छ  ।सम्मेलनमा प्रमुख अतिथि पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले कला संस्कृति र आर्थिक उत्थान सम्मिलित ९ बुँदे घोषणापत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बागमती प्रदेशकी सांसद हरिप्रभा खड्गी श्रेष्ठ, ज्यापु महागुथि येँ महानगर समितिका  सचिव मचाराजा महर्जन, नेवा: देय् दबू स्वनिगः समितिका कजि श्रीकृष्ण महर्जनका साथै एनआरएनए आइसिसीका पूर्व कोषाध्यक्ष प्रितम श्रेष्ठ , गोबिन्द प्रसाद श्रेष्ठ (रोबिन्द)  संयोजक, एनआरएनए आइसिसी एसिया प्रशान्त क्षेत्र, एनआरएनए जापानका पूर्व अध्यक्ष सुदन थापा तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा सबैलाई  आयोजकको तर्फबाट नरेश नेवाले स्वागत भाषण गरेका थिए । उक्त कार्यक्रमको संयोजन जापानमा बस्ने सुनिलकुमार शाक्यजुले गरेका हुन् ।

सम्मेलनबाट निम्न घोषणा पत्र जारी गरेको छ ।

२०२३ अक्टोबर १५ का दिन कीर्तिपुर, काठमाडौँमा सम्पन्न तेस्रो ग्लोबल नेवा: कन्फेरेन्स (Third Global Newa Conference) ले ९ बुँदे घोषणा पत्र जारी गरेको छ ।

१) NRN नेवारहरूलाई गोलबद्ध गराउँदै निरन्तर सम्पर्कमा रही एक आपसमा सुमधुर सम्बन्ध स्थापित गर्न नेवा: NRN स्थापना

२) विश्व भर रहेका नेवा : संघ संस्थाहरूसँग समन्वय तथा हातेमालो गर्दै नेपाल भाषा,लिपि ,कला ,  संस्कृतिको संवर्द्धन, प्रवर्द्धन, संरक्षण गर्दै विश्वका विभिन्न देशहरूमा नेवा: फ़ूड फेस्टिवल आयोजना गरी  नेपालको सम्पदा विश्वव्यापी रूपमा फैलाई नेपालको पर्यटक विकासमा टेवा पुर्‍याउने  

३ ) विदेशमा रहँदा आफूले आर्जन गरेको सीप ,ज्ञान, कला, कौसललाई नेपाल र नेपालीको हितमा अधिकतम उपयोग गर्न कटिबद्ध हुँदै

४)संसार भर छरिएर रहने  नेवारबन्धुहरुलाई NRNA अभियानमा सहभागी हुन प्रोत्साहित गर्दै नेतृत्व दायी भूमिकामा साथ सहयोग गर्ने वातावरण निर्माण गर्दै

५ ) विदेशी नागरिकता लिई सकेका नेवारहरूलाई नेपालको गैर आवासीय नेपाली नागरिकता लिन उत्प्रेरित गर्दै एक पटकको नेपाली सदा नेपाली अर्थात् बिदेसिएका नेपालीको नेपाली नागरिकता निरन्तरताको निम्ति आवाज पनि राख्दै जाने ।

६) नेपालमा बसोबास गर्ने नेवारहरू र NRN नेवारहरूका बिच एक आपसमा सम्बन्ध सुदृढ र सुमधुर बनाउँदै नेपाल भाषा , कला, संस्कृतिको संवर्द्धन, जगेर्ना र विश्वव्यापी करणमा हातेमालो गर्दै उद्योग व्यवसायमा आर्थिक लगानीको अवसर, सम्भावनाको खोजी गर्दै

७ ) विदेशमा जन्मिएका, हुर्किएका नेवार बालबालिकाहरूलाई आफ्नो पुर्ख्यौली भाषा ,लिपि, कला, भेषभुषा ,संस्कृतिबारे जानकारी गराउँदै सो को प्रवर्द्धन , जगेर्ना तथा संरक्षण गर्ने कार्यमा बालबालिका तथा युवाहरूलाई सहभागी गराउँदै , नेतृत्व गर्न , गराउन प्रोत्साहित गर्दै

८ ) नेवा: NRN द्वारा सञ्चालन, प्रवर्द्धन हुने गरी एक कोष खडा गर्दै नेवा: NRN को उद्देश्य परिपूर्तिमा परिचालित गर्दै

९) नेपाली नेपाली बिच भाइ चारा सम्बन्ध कायम गर्दै नेपालको विकासमा दत्तचित्त रहेन प्रण गर्दछौ ।

शुभाय् । धन्यवाद ।

तपाईको प्रतिक्रिया