Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं -कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत हासिल गरेका छन् । विराटनगरस्थित प्रदेश सभामा बुधबार सम्पन्न बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको पक्षमा ८६ मत हासिल गरेका हुन् ।

९१ जना प्रदेश सभाको उपस्थितिमा भएको मतदानमा उनको विपक्षमा ५ जना रहेका थिए । यससँगै कार्की प्रदेशको दोस्रो संस्करणको सरकारमा पाचौं मुख्यमन्त्री भएका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम ४७ जना प्रदेश सभासदस्यको साथमा असोज २६ मुख्यमन्त्रीको दाबी गरेका थिए । ८ जना काँग्रेस प्रदेश सभासदस्य र ३९ जना नेकपा एमालेको समर्थनमा दाबी गरेका कार्कीलाई २७ गते प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यसैगरि, प्रदेश प्रमुख खापुङले कार्कीलाई असोज २८ गते घटस्थापनाको दिनमा मुख्यमन्त्रीको सपथ ग्रहण गराएका थिए ।

तपाईको प्रतिक्रिया