Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल पुगेका छन्। ११ दिनदेखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई हौसला दिन र इजरायल-हमास द्वन्द्वमा अरू मुलुक संलग्न हुने अवस्था आउन नदिन बाइडेन बुधबार तेल अभिभ पुगेका हुन्। विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका छन्।

इजरायलमा हुँदा बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग हमासविरूद्धको लडाइँबारे छलफल गर्ने छन्। यसअघि उनी जोर्डन पनि जाने र प्यालेस्टाइनी अथोरिटीका प्रमुख मोहम्मद अब्बाससँग पनि छलफल गर्ने कार्यक्रम थियो। तर मंगलबार राति गाजाको एक अस्पतालमा भएको आक्रमणपछि उक्त छलफल रद्द भएको छ।

गाजाको अस्पतालमा कसले आक्रमण गर्‍यो भन्ने पुष्टि भएको छैन। अस्पतालमा भएको आक्रमणमा परी ५ सय बढी मानिसहरू मारिएका छन्। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि अचानक आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी इजरायलमा १४ सय मानिसको मृत्यु भएको छ भने इजरायलले गरेको जवाफी कारबाही ३ हजार मानिसको ज्यान गएको छ।

 

तपाईको प्रतिक्रिया