Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औँ महाधिवेशनमा अध्यक्ष पदमा ४ जनाको उमेदवारी रहेको छ । आगामी दुई वर्षको नेतृत्वका लागि प्रतिस्पर्धामा आएका ४ जनामध्ये २ जना हालका अध्यक्ष हुन् भने २ उपाध्यक्ष हुन् ।

एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार एनआरएनको अध्यक्ष पदमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्माको उमेदवारी रहेको छ । केसी र थापा हालका अध्यक्ष हुन् भने, श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलन असोज ३ गते नयाँ नेतृत्व चयन गर्दै टुङ्गिने संघका प्रवक्ता सोम सापकोटाको भनाइ छ । तर विश्व सम्मेलनको उद्घाटन अघि नै मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको संघमा समग्र गैरआवासीय नेपालीको एजेण्डामाथि गम्भीर छलफल हुनुको साटो अभियन्ताहरू कसरी नेतृत्व हत्याउने भन्नेमै केन्द्रित देखिएका छन् ।

एनआरएनएमा मुख्यतः तीन दलको प्रभाव देखिएको छ । अध्यक्षका ४ उम्मेदवारमध्ये बद्री केसीलाई एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको बलियो साथ रहेको छ । महेश श्रेष्ठलाई कांग्रेसको समर्थन रहेको छ । यद्यपि कांग्रेसकै अर्को समूहले रविना थापालाई पनि चुनावी मैदानमा उतारेको छ । माओवादी केन्द्रले राजेन्द्र कुमार शर्मा (आरके) लाई समर्थन गरेको देखिन्छ ।

कुन पदमा क-कसको उम्मेदवारी :-

तपाईको प्रतिक्रिया