Deneme Bonusu Veren Siteler
बुधबार, साउन ०९, २०८१
Wednesday, July 24, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल प्रस्थान गरेका छन् । गाजाको एक अस्पतालमा भएको आक्रमणमा परी करिब पाँच सय जनाको ज्यान गएको दाबी भइरहेका बेला बाइडेन इजरायल यात्रामा निस्केका हुन् ।

इजरायलले यो हमलामा आफ्नो कुनै पनि भूमिका अस्वीकार गर्दै हमला हमास समूहको रकेट आक्रमणको परिणाम भएको बताएको छ । तर हमासले पनि आक्रमणमा आफ्नो जिम्मेवारी अस्वीकार गरेको छ । गाजाको स्वास्थ्य विभागले अल अहली अस्पतालमा इजरायलले गरेको हवाई आक्रमणमा करिब पाँच सय जनाको मृत्यु भएको दाबी गरेको छ ।

यसैबीच जोर्डनले अमेरिकी राष्ट्रपति जो बाइडेन, प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बास र इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँगको शिखर वार्ता रद्द गरेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन किर्बीले बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पहिलो भेट गर्ने जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया