Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ । नेपाली बजारमा दशैं लागेपछि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा बुधबार १४ सय १० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया