Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार बिहान मोटरसाइकललाई ठक्कर दिएर भागेको विद्युतीय गाडी सडकको नालीमा खसेर दुर्घटना हुँदा गाडीमा सवार एकको मृत्यु भएको हो भने आठ घाइते भएका छन् ।

पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो । गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी रमिलाको बिहान करिब ७ बजेर ३५ मिनेट जादा धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछाप मन्थली नगरपालिका–१२ की २३ वर्षीया पुष्पा तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ बस्ने ५१ वर्षीय टङ्क प्रसाद दाहाल, मोटरसाइकल चालक इलाम थाकथुम गाउँपाकिला–३ का ४० वर्षीय राम कुमार राई र उनकी श्रीमती ३९ वर्षीया प्रविशा सुनुवार घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछाप मन्थली नगरपालिका–२ की ज्ञानु ढुङ्गेल, रकिट ढुङ्गेल, रामेछाप लिखु तामाकोसी गाउँपालिका–६ का अनिल आले मगर, सिन्धुली सुनकोसी गाउँपालिका–३ बस्ने उर्मिला घिमिरे पनि घाइते छन् ।

दुर्घटनामा घाइते भएका यात्रुको टाउको हात, ढाड र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ । इलेक्ट्रिक गाडी चालक काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ का ४१ वर्षीय उपेन्द्र थापा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया