Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ । हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।

महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिए। महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो। यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो।

२०५० सालमा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गरेका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो। यसअघि महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो। हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ।

 

तपाईको प्रतिक्रिया