Deneme Bonusu Veren Siteler
आइतबार, चैत्र ०२, २०८१
Sunday, March 16, 2025

काठमाडौं – दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट खेलमा ब्राजिल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा उरुग्वेले ब्राजिललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उरुग्वेको जितमा डर्विन नुनेज र निकोलस डे ला क्रुजले एक एक गोल गरेका थिए । यस खेलको पहिलो हाफमा नै ब्राजिलका नेइमार घाइते भएपछि मैदान छोडेका थिए । नेइमारको देब्रे घुँडामा चोट लागेको र उनलाई स्ट्रेचरमा मैदान बाहिर ल्याइएको थियो ।

उरुग्वेले २२ वर्षपछि पाँच पटकको विश्व च्याम्पियनलाई पराजित गरेको हो । यसअघि उरुग्वेले सन् २००१ जुलाईमा भएको दक्षिण अमेरिकी विश्वकप छनोटमै ब्राजिललाई १-० ले पराजित गरेको थियो । त्यसयता उरुग्वेले १२ खेलमा जित निकाल्न सकेको थिएन । जसमा ३ बराबरी र ९ हारको नतिजा थियो ।

विश्वकप छनोटमा ब्राजिलले सन् २०१५ पछि पहिलो हार बेहोरेको हो । यस हारसँगै ब्राजिल ४ खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । उरुग्वेको समान ४ खेलबाटै ७ अंक रहेपनि हेड टु हेडमा दोस्रो स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया