Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणपछि बेपत्ता कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । असोज २० मा हमासले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

किबुज अलुमिमबाट विपिनलाई विद्रोही समूहले आफूसँगै लगेको थियो । अपहरणपछि बेपत्ता पारिएका नेपाली विद्यार्थी विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए ।

पछि लडाकुहरूले विपिनलाई किबुज अलुमिमबाट थाइल्यान्डका नागरिकसँगै लगेको गोरखाका हिमाञ्चल कट्टेलले बताए । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।

‘विपिनको खोजीका लागि कूटनीतिक क्षेत्रमा छलफल गरिराखेका छौं । उहाँको लोकेसन लोकेट गर्ने कोसिस भइरहेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भने, ‘इजरायल सरकारका विभिन्न तहसँग विपिनको खोजीका लागि आग्रह गरिरहेका छौं । प्रहरी र अस्पताललगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित असल सम्बन्ध भएका मुलुकहरूसँग पनि यसका लागि पहल भइरहेको छ ।’

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि विपिनको खोजी भइरहेको बताइन् । ‘उहाँको अवस्था पत्ता लगाउन विभिन्न माध्यम प्रयोग भइरहेको छ,’ उनले भनिन्, ‘तर, थप सूचना प्राप्त भइसकेको छैन ।’

हमास विद्रोहीले अपहरण गरी बन्धक बनाइएकाको संख्या १ सय १९ जना रहेको इजरायली सेनाले बताएको छ । जापट्टीमा राखिएका उनीहरू इजरायली र विदेशी नागरिक छन् ।

सेनाका अनुसार बन्धक बनाइएकाहरूमा बच्चा र विशेष हेरचाह गर्नुपर्ने वृद्धवृद्धासमेत छन् । गाजापट्टीसँग जोडिएको दक्षिण इजरायलको सेदोतलगायत स्थानबाट उनीहरूलाई अपहरण गरिएको थियो ।

हमासले भने आफ्नो नियन्त्रणमा ३० जना मात्रै रहेको दाबी गर्दै आएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बन्धक बनाइएकालाई मुक्त गर्न पीडित परिवारका सदस्यले दबाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया