Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्यालेस्टाइनको लडाकु समूह हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव स्वदेश पठाउने तयारी भइरहेको इजरायलस्थित नेपाली राजदूतावासले बताएको छ ।

कानुनी प्रक्रिया पूरा गरी २/३ दिनभित्र नेपाल पठाउने तयारी भइरहेको मंगलबार साँझ एक विज्ञप्तिमार्फत् जनाइएको छ । ‘निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २/३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको छ,’ राजदूतावासले भनेको छ ।

साथै, सोही आक्रमणमा परी बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी कार्य तीव्र पारिएको पनि दूतावासले बताएको छ ।

तपाईको प्रतिक्रिया