Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – विदेशबाट आउने नेपाली बढ्दा एकैदिन ११४ वटा उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार सबैभन्दा बढी उडान भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले सोमबार सबैभन्दा बढी अन्तराष्ट्रिय उडान भएको बताए । सोमबार ११४ उडान भएको र १६ हजार ५०९ यात्रुले उडान भरेका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै उडान हो ।

नागरिक उड्डयन प्राधिकरणका चाडपर्वको समयमा हप्तामा ५७ उडान थप गरिएको छ । विदेशबाट नेपाल फर्कने नागरिक बढेको र गैरअवासीय नेपाली काठमाडौंमा जम्मा हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान थप गर्नु परेको छ । प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार एयर अरेबियाका १९ वटा उडान थप गरिएको छ ।

अटम सिजनकोलागि सार्वजनिक गरेको तालीकामा फ्लाई दुबईको ५, भिस्तारा एयरको ७, थाई लायन एयरको १, विमान बंगलादेश एयरलाइन्स ३, बाटिक एयर ११ र एयर चाइनाको २ वटा उडान थप गरिएको हो ।

तपाईको प्रतिक्रिया