Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – गैर आवासीय नेपाली नागरिकलाई नागरिकता दिने कार्यको आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले आपत्ति जनाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत गैरआवासीय नेपालीलाई नागरिकता वितरण कार्यले नेपालमा रहेको अचल सम्पत्ति बेचबिखन गरेर विदेश लैजाने बाटो खुला गरिएकाले अब देश कंगाल हुने तर्क गरेका छन् ।

विदेशी लगानी नेपाल भित्र्याउन दोहरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला फैलाएर आज ठुलो राष्ट्रघाती कार्य भएको उनको आरोप छ ।

तपाईको प्रतिक्रिया