शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन काठमाडौंको सोल्टी होटलमा सुरू भएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले एक भव्य समारोहकाबीच उद्घाटन गरेका हुन् ।नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनएले बताएको छ । उद्घाटन समारोहपछि विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन हुनेछ ।कात्तिक २ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम राखिएको छ । संघको ११औं अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै सम्मेलन सकिनेछ । समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा रुसबाट बद्रि केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रविना थापा र कतारबाट आरके (राजेन्द्र कुमार) शर्मा को उम्मेदवारी रहेको छ ।

तपाईको प्रतिक्रिया