Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सहकोषाध्यक्ष पदमा ददिवल खड्काले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंमा सुरु एनआरएनएको ११औँ महाधिवेशनको आगामी कार्यकालका लागि सहकोषाध्यक्षमा खड्काले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनले संघभित्र आर्थिक पारदर्शी कायम गराउन आफूले उम्मेदवारी दिएको बताएका छन् । वर्तमान एनआरएनए एसिया प्यासिफिक उपसंयोजक खड्काले आफूले अहिलेसम्म गरेका सामाजिक काम र सेवाको आधारमा मूल्यांकन गरेर मतदान दिन एनआरएनए अभियन्ताहरूलाई आग्रह गरे ।

खड्काको उम्मेदवारी दर्तामा प्रस्तावकमा एनआरएनए जापानका निवर्तमान युवा संयोजक राकेश रुम्बा र मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ तथा समर्थकमा आइसीसी सदस्य बिजेश थकाली र एनआरएनए जापानका निवर्तमान केन्द्रीय सदस्य मनोज श्रेष्ठ छन् । ***

तपाईको प्रतिक्रिया