Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – चालु आर्थिक वर्षको साउन र भदौ महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको वित्तीय प्रतिवेदनअनुसार गत वर्षको सोही अवधिको तुलनामा यो रेमिट्यान्स २२.१ प्रतिशतले बढी हो । गएको आर्थिक वर्षको पहिलो २ महिनामा रेमिट्यान्स झन्डै २० प्रतिशतले बढेको थियाे ।अमेरिकी डलरमा भने यो साउन र भदौमा १ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको समीक्षा अवधिको तुलनामा १७.७ प्रतिशत बढी हो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने कमी आएको छ । साउन र भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २८ दशमलव ३ प्रतिशतले कमी आई ७४ हजार ४ सय ५५ जना कायम भएको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा १८ दशमलव ३ प्रतिशतले कमी आई ३२ हजार ४ जना कायम भएको छ ।

गएको वर्षको २ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७० प्रतिशतले बढेको थियो ।

 

तपाईको प्रतिक्रिया