Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – हमास समुहको सैन्य शाखा अल-कसाम ब्रिगेडले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखेको एक युवतीको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ को हमलापछि हमासले बन्धक बनाएकाको सार्बजनिक भएको यो पहिलो भिडियो हो । हमासले १९९ जनालाई बन्धक बनाएको इजरायलको दाबि छ । भिडियोमा माया शेम नाम गरेकी २१ वर्षकी युवतीलाई सार्बजनिक गरिएको छ र इजरायलको शोहम सहरकी भएको बताएकी छिन् ।

दक्षिणी इजरायलको संगीत महोत्सवबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् । उनले भिडियोमा रिहाइको लागि अपिल गरेकी छन् । भिडियोमा हातमा चोट लागेको महिलाको उपचार भइरहेको फुटेज पनि समावेश छ ।

एक बयानका अनुसार इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ । सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूको फिर्ताको लागि सबै गुप्तचर जानकारी र परिचालन उपायहरूमा काम गरिरहेका छौं ।’

 

 

तपाईको प्रतिक्रिया