Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । कम्पनीले विभिन्न जिल्लाबाट ल्याएका दुईहजार खसीबोका र एकहजार च्याङ्ग्रा काठमाडौँको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री वितरण आज बिहानबाट सुरु गरेको हो ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्याङ्ग्रा काठमाडौं ल्याएको हो । कम्पनीकाअनुसार जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६८० रुपैयाँ तथा च्याङ्ग्राको प्रतिकिलो १२ सय ६० रुपैयाँ तोकिएको सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । खाद्यले खसी बोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।

तपाईको प्रतिक्रिया