Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणको अवे खेलमा आज लाओसको सामना गर्दैछ ।

पहिलो चरणको काठमाडौँमा सम्पन्न पहिलो लिगमा नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका थिए । लाओसमा हुने यो खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि सुरु हुने छ ।

लाओसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टिममा गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल रहेका छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट रहेका छन् । मिडफिल्डरमा सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी रहेका छन् भने फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् ।

लाओस फिफा वरियतामा नेपालभन्दा पछाडि रहेको छ ।  लाओस अहिले फिफाको वरियतामा १८६औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ ।   यो खेलको विजेताले एसिया क्षेत्रको छनौटको दोस्रो चरणमा समूह एचमा स्थान बनाउने छ । जसमा युएई र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुने छ ।

तपाईको प्रतिक्रिया