Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – रूसले जापानबाट आयात हुने माछा र समुद्री खानामा अस्थायी प्रतिबन्धात्मक उपाय अपनाएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ । रोसेलखोज्नाडजोरका अनुसार अक्टोबर १६ देखि रूसले जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाउनेछ ।

यो निर्णय स्वास्थ्यको ‘सावधानीको उपाय’ को रूपमा लिइएको छ र मस्कोलाई जापानी माछा र समुद्री भोजन उत्पादनहरूको सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्धहरू कायम रहने बताइएको छ । फुकुशिमा आणविक दुर्घटना विश्वको अहिलेसम्मकै सबैभन्दा गम्भीर आणविक दुर्घटनामध्ये एक हो । सन् २०११ को मार्चमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीको चपेटामा परेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा एक भाग क्षतिग्रस्त भएको थियो ।

जसका कारण ६० भन्दा बढी रेडियोधर्मी तत्वहरू भएको ठूलो मात्रामा दूषित पानी उत्पन्न भएपछि १.३ मिलियन टन भन्दा बढी आणविक-दूषित अपशिष्ट जल भण्डारण गरेको प्लान्टको अपरेटर टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले जनाएको छ । प्लान्टले १.३ मिलियन टन भन्दा बढी आणविक-दूषित फोहोर पानी भण्डारण गरेको थियो । जसलाई प्रशोधनपछि समुद्रमा फाल्न थालिएको छ र यसको सम्पूर्ण पानी समुद्रमा पठाउन ३० वर्ष भन्दा बढी लामो योजना जारी रहनेछ ।

घरेलु मछुवाहरू, छिमेकी देशहरू र विश्वव्यापी वातावरणीय विशेषज्ञहरूको विरोधको बावजुद, जापानले अगस्ट २४ मा समुद्रमा आफ्नो आणविक दूषित पानीको पहिलो चरणको रिलीज र अक्टोबर ५ मा दोस्रो चरणको रिलीज सुरु गरेपछि एशिया-प्रशान्त देशहरूबाट विरोध, विशाल ¥याली र आक्रोशलाई बढावा दिएको छ ।

तपाईको प्रतिक्रिया