Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले एनआरएनको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा उम्मेदवारी दिने चर्चाकाबीच अध्यक्षका उम्मेदवार महेश श्रेष्ठलाई समर्थन गर्दै पौडेलले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

आइतबार प्रस्तावक विश्वनाथ बराल र गोमा सेन तथा रामहरि अधिकारी र वासुदेव भट्टको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै पौडेलले गैरआवासीय मताधिकार र गैरआवासीय मुद्दा सम्बोधनका लागि एनआरएनए मन्त्रालय स्थापनाको विषयलाई टुंगोमा पुर्‍याउन आफू दिलोज्यानले लाग्ने बताए । उनले गैरआवासीय नेपाली संघमा पारदर्शीताको विषयलाई प्रमुखताका साथ उठाउने पनि प्रतिबद्धता जनाए ।

एनआरएनए अमेरिका र आईसीसीको महासचिवसहितका जिम्मेवारी रहँदा कुशलताका साथ कार्यसम्पादन गरेका पौडेललाई उपाध्यक्ष पदमा आफूहरूको साथ र समर्थन रहने अमेरिकाका कृष्णजीवी पन्थले बताए । फ्रान्सकी गीता थापाले बोलीभन्दा व्यवहारिक नतिजामुखी कामका कारण पौडेललाई साथ रहेको बताइन् ।

तपाईको प्रतिक्रिया