Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमवार उम्मेदवारी दर्ता गराएकी छन् । उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका हुन् ।

उम्मेदवारी दर्तापछि थापाले छोटो कार्यकालमा आफूले धेरै राम्रो काम सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाई दिन चाहेको बताइन् । उनले काम गरे देखाएकोले सबैको समर्थनमा आफू विजयी हुने दाबी पनि गरिन् ।

विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रमबजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत बनाएका नेपालीहरूको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने बताइन् ।

वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेद्वारी छोडेर रविना थापालाई समर्थन गरेको बताए । आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अबको आवश्यकता भएकाले त्यसका लागि थापा एक मात्र विकल्प रहेको दाबी गरे ।

अर्का प्रस्तावकमा विष्णु बानियाँ, जापानका छन् । यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका छन् ।

तपाईको प्रतिक्रिया