Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उमेदवारी दर्ता गराएका छन् । श्रेष्ठले पदाधिकारीका अन्य उमेदवारसहित सोमबार सोल्टी होटेलमा रहेको निर्वाचन समितिको कार्यलयमा उमेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने बताए । श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दीपक रेग्मी छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल छन् । एनआरएनए रुपान्तरणका लागि पाँचबुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाएका छन् ।

एनआरएनएको ११ औँ महाधिवेशनका लागि अध्यक्षमा हालका कार्यकारी अध्यक्ष डा. बद्री केसी, विना थापा र उपाध्यक्ष आरके शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंको सोल्टी होटलमा आयोजना हुँदैछ । महाधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया