Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका ५ जनाको शव नेपाल ल्याउने तयारी गरिएको बताएका छन् । सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान-प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले यस्तो बताएका हुन् ।

उनले इजरायलमा आक्रमणमा परी निधन भएकामध्ये ५ जनाको पोस्टमार्टम भइसकेकाले इजरायल सरकारले नेपाल पठाउने तयारी गरेको जानकारी गराएको बताए । ‘अहिले इजरायलको घटनाले मुलुक तरंगित भएको छ। १० जना सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूको इजरायलको एउटा बंकरमा रहँदा हत्या भएको छ। उनीहरूको निधन भएको छ। उनीहरूमध्ये केही मानिस घाइते भएका छन्। विपिन जोशी अज्ञात छन्,’ उनले भने, ‘त्यसमध्ये ५ वटा शव भेरिफिकेशन भएर इजरायल सरकारले हामीलाई सुम्पिनका लागि नेपाल पठाउनका लागि तयार अवस्थामा राखिसकेको छ। बाँकी ५ शवको हकमा पनि भेरिफिकेशन भएपछि, मेडिकल प्रोसेस पूरा भएपछि नेपाललाई हस्तान्तरण गर्ने भनिएको छ।’

उनले मृतक अन्य ५ को भने परीक्षण हुन बाँकी रहेकाले चाँडै मेडिकल प्रोसेस पूरा गरेर नेपाल ल्याउने बताए । उनले अज्ञात विपिन जोशीको भने खोजि भइरहेको बताउँदै हराएका विद्यार्थीको बारेमा इजरायल र अन्य सरकारहरुसँग समन्वय गरेर खोजी भइरहेको पनि बताए । ‘हराएका विद्यार्थीको बारेमा पनि इजरायल सरकारसँग पनि र इजरायल बाहेकका अन्य खाडीका सरकारहरू जसको हमास समूहसँग सम्पर्क छ भन्ने गरिन्छ । उनीहरूसँग सम्पर्क गरेर हामीले समन्वय गरेर खोजि गर्ने काम सरकारले तिब्रतासँग गरिरहेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया