Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाएका छन् । सभापति देउवाले आफ्नो निजी निवास धुम्बाराहीमा सोमबार अपरान्ह ४ बजे बस्नेगरी बैठक बस्नेगरी बोलाएका हुन् ।

सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा.शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरी नेकपा एमालेसँग मिलेर सरकार बनाएको छ । कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।

बैठकमा कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् ।

तपाईको प्रतिक्रिया