Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

काठमाडौं – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेलाई सुझाव दिएका छन् । उनले अरू राजनीतिक दलहरूले केही गरेनन् भनेर आरोप लगाउनुको साटो आफूहरू के गर्दै छन् भन्ने बताउन सुझाव दिएका हुन् ।

रविले आफ्नो पार्टीले अन्य पार्टीजस्तो चुनावपछि नीति कार्यक्रम बनाउनेभन्दा चुनावअघि नै नीति कार्यक्रम तर्जुमा गर्न लागिरहेकोले अहिले काठमाडौँमा विज्ञका कुरा सुनेर ‘नीति मन्थन’ गरिरहेको सामाजिक सञ्जालमा पोस्ट गरेपछि रिमालले जवाफ दिएका हुन् ।

  • लामिछानेलाई रिमालले भनेका छन् :-

पार्टी निर्माणको प्रक्रिया त यस्तै हो ।

ट्रेड युनियनको दुनियाँमा संगठन निर्माण सम्बन्धी एउटा अङ्ग्रेजी शब्द प्रचलित छ– आहा–एङ्गर–होप– एक्सन! पहिले मानिसको निराशालाई समाउने र झोक चलाउने । त्यसपछि ‘म छु नि’ भन्दै उनीहरूमा आशा जगाउने र अन्त्यमा आफूले तय गरेको दिशामा उभिएका समर्थकलाई डोर्‍याउने ।

प्रिय रविजी,

पार्टी निर्माणको प्रक्रियामा पनि यस्तै हुने गर्छ । सुरुमा ‘तिनीहरूले गरेनन् भन्दै निराशामा खेल्ने, त्यसपछि आफूलाई ‘क्रुसेडर’को रूपमा प्रस्तुत गर्ने र अन्त्यमा ‘जमिन’मा उभिने– कता जाने हो, के गर्न चाहेको हो, रहस्य खोल्ने ।

इतिहासमा टिकेका सबै पार्टीहरू यस्तै प्रक्रियाबाट गुज्रिएका छन् । जब उनीहरू एजेण्डा’मा पोखिन्छन् अनि मात्र जनताले तिनीहरूको ‘रङ्ग’ थाहा पाउँछन् र, ‘कित्ता–काट’को प्रक्रियामा प्रवेश गर्छन् ।

लाग्छ, अहिले तपाईँहरू पार्टी निर्माणको “प्राकृतिक” प्रक्रियामा प्रवेश गर्दै हुनुहुन्छ, धेरै धेरै शुभकामना । अन्यथा मान्नु हुन्न भने एउटा ‘अनसोलिसिटेड’ सल्लाह दिऊँ ? अरूले गरेका थिएनन् हामीले गर्दैछौं– यो ‘भाका’ चाहिँ अलि पुरानो हो, तपाईंहरुजस्तो नयाँ’लाई अलि ‘सुट’ गर्दैन कि ! अरूले के गरेका थिए, ‘बाल’ दिनोस् । आफूहरू के गर्दै हुनुहुन्छ, त्यो चाहिँ बताउनुस् । “प्रक्रिया” न हो, त्यहाँ नयाँ या पुरानो भन्ने हुन्न । सबैले त्यो बाटो नहिँडी सुखै छैन । हो, को कति “स्मार्ट” भन्ने चाहिँ हुन्छ– जो बढी “स्मार्ट” हुन्छ, त्यसैले ‘टक्लु’लाई काइँयो” बेच्छ ।

यस सन्दर्भमा, माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीसँगको एउटा प्रसङ्ग सम्झिरहेको छु । जिल्लावासी, पुरानो चिनजान र एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धी भएको नाताले एकदिन मैले उहाँलाई सोधें– माओवादी पार्टीले विगतमा एमालेले गरेका ‘गल्ती–कमजोरी’लाई नदोहर्‍याए हुन्न दाइ ? उहाँले शालीनतापूर्वक भन्नुभयो– विष्णुजी, तपाईं हाम्रो गाउँमा हरेक घरका आमाहरूले बच्चालाई झोलुङ्गोमा हालिदिएर घाँसपात गर्न जान्थे । आमा आउनुअघि बच्चा उठ्थ्यो, रुन्थ्यो, थाक्थ्यो, त्यहीँ दिसा–पिसाब गर्थ्यो र कतिपय बच्चाले त दिसा समेत खान्थे । पछि आमा हुनेहरूले आफ्ना पालामा यसबाट शिक्षा लिए हुने नि ! पछि जन्मिएका बच्चाले पनि त्यसो नगरे हुने नि ? तर के गर्ने, नगरी जानिन्न । यो त नियमित चक्र रहेछ ।

स्व. पोष्टबबादुर बोगटीको यो भनाई कति मननयोग्य छ हगि ?

तपाईको प्रतिक्रिया