Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – सलमान खान र कट्रिना कैफ अभिनीत फिल्म ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार यशराज फिल्म्सको युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। झण्डै तीन मिनेट लामो ट्रेलरमा सलमान र कट्रिनालाई खतरनाक एक्सन दृश्यमा देख्न सकिन्छ । फिल्ममा सलमान र कट्रिनाको जबर्जस्त एक्सनले दर्शकलाई लोभ्याउन सक्छ । सलमानको डायलग छ– ‘जबसम्म टाइगर जिउँदो छ, टाइगर हारेको छैन ।’  यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।

आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्। फिल्ममा सलमान र कट्रिनासँगै इमरान हासमीको मुख्य भूमिका छ। ट्रेलरको अन्तिममा भिलेनको भूमिकामा इमरान हासमी देखिएका छन् । उनी सलमानलाई ‘पाकिस्तानमा स्वागत छ’ भन्दै गरेको दृश्यमा देखिन्छन् ।

फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्। फिल्म हिन्दी, तमिल र तेलगूमा १२ नोभेम्बरदेखि प्रदर्शन हुनेछ । यसका अघिल्ला सिरिज सन् २०१२ मा ‘एक था टाइगर’ र त्यसपछि ‘टाइगर जिन्दा है’ प्रदर्शन भएका थिए। ‘टाइगर ३’ पछि सलमान खान र शाहरूख खान ‘टाइगर भर्सेस पठान’ मा देखिनेछन्।

 

तपाईको प्रतिक्रिया