Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्। उनी हिजो राति छिमेकी मुलुक चीन प्रस्तान गरेका हुन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी आइतबार राति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन्।  विआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदैछ, जसको उद्धघाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दैछन् ।

त्यस्तै आज (सोमबार) दिउँसो १२ बजे वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीन जाने भएका छन् । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी पनि चीन जान लागेका हुन् । चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया