Deneme Bonusu Veren Siteler
सोमबार, साउन ०७, २०८१
Monday, July 22, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफू कान्तिपुर मिडिया ग्रुपको प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग प्रेममा रहेको खुलासा गरेकी छन् । उनले आइतबार राति इन्स्टाग्राम एकाउन्टमार्फत आफूहरूबीचको सम्बन्धलाई सार्वजनिक गरेकी हुन् ।

यसअघि, यी दुई प्रेममा रहेको खबर सार्वजनिक भएपनि उनीहरुले सार्वजनिक रुपमा प्रेमको सत्यता स्विकार गरेका थिएनन्। तर, आइतबार सामाजिक संजालमा केही रोमान्टिक तस्वीर सार्वजनिक गर्दै उनले सम्भवसँगको प्रेम स्विकार गरेकी छन् ।

इन्स्टाग्राममा सम्भवसँगकाे रोमान्टिक तस्वीरको भिडियो शेयर गर्दै उनले लेखेकी छिन्, ‘यहाँ गत बर्ष मैले तपाई‌ंसँग कस्तो महशुश गरेको छु भनेर व्यक्त गर्ने असफल प्रयास गर्दैछु। असफल यसकारण कि, मलाई थाहा छ मैले महशुश गरेको भावनाहरुलाई मैले कहिल्यै न्याय गर्न सक्दिनँ। जुन म तपाइसँग महशुश गर्छु । म मेरो जीवनभर एक आशाहीन रोमान्टिक रहेकी छु। मसँग मेरो व्यक्तिगत डायरीमा ‘प्रेम के हो’ भन्ने जवाफ दिन प्रयास गर्ने कम्तीमा २० फरक खाताहरु छन्। जबदेखि म ११ बर्षको उमेरमा थिएँ। तपाइलाई नभेटेसम्म मैले यसको अर्थ फेला पारेको थिइनँ जस्तो लाग्छ।’ श्रृङ्खलाले सम्भवसँग भेट भएपछि आफ्नो जीवनको मोड नै परिवर्तन भएको उल्लेख गरेकी छिन्।

 

 

 

तपाईको प्रतिक्रिया