Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक उपसंयोजकमा अभियान्ता श्रवण सत्यालले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनए अभियान्ता तथा व्यवसायी सत्यालले जापानबाट एसिया प्यासिफिक उपसंयोजक पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

दुई दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आइरहेका सत्याल जापानमा अध्ययन, रोजगार पश्चात् हाल व्यवसायरत छन्‌ । सामाजिक गतिविधिहरूमा सक्रिय सहभागिता सहित एनआरएनएलाई साझा, समुन्नत र कामकाजी बनाउने विषयमा आफ्ना धारणा स्पष्टसंग राख प्रस्ट वक्ताका रूपमा समेत सत्याल परिचित मानिन्छन् ।

गैर आवासीय नेपाली संघ जापानको स्थापना कालदेखिनै संस्थामा रहेर सक्रिय रहँदै आएका सत्याल जापानलाई कर्मथलो बनाई रहँदा एसिया प्यासिफिक क्षेत्रमा एनआरएनएलाई सबैले आफ्नो अपनत्व लिनसक्ने साझा बनाउने लक्ष्य र योजनासहित आफूले उपसंयोजकमा उम्मेदवारी दर्ता गराएको बताउँछन्‌ । ‘अबको एनआरएनए, साझा एनआरएनए’ भन्ने उद्घोष गरेका सत्यालले आफूलाई एसिया क्षेत्रका सबै एनसीसीहरुले साथ दिएको दाबी गर्दै आइरहेका छन्  ।

एनआरएनएलाई साझा एनआरएनए बनाउने प्रतिबद्धता सहित सन २०२३-२०२५ कार्यकालका लागि एसिया प्यासिफिक उपसंयोजक पदमा उम्मेदवारी दर्ता गराएका हुन् । जति बोल्ने त्यति गर्ने र जति गर्न सकिन्छ त्यति मात्र बोल्ने स्वभावका सत्यालले अग्रज एनआरएनए अभियान्ताहरूलाई हालसम्मको योगदानका लागि धन्यवाद दिँदै अब युवाहरूले यस अभियानलाई थप गति र चलायमान बनाउनुपर्ने बताए । उनी एनआरएनए आईसीसी सदस्य २०२१-२३ कार्यकालका लागि जापानबाट मतदान मार्फत दोस्रो सर्वाधिक मतसहित निर्वाचित भएका हुन् ।

समुद्रपारिसंग संक्षिप्त कुरा गर्दै सत्यालले भने – ‘क्षमता, योगदान, योग्यता, क्रियाशिलता र भिजनका हिसाबले म एनआरएनए अभियानका लागि फिट छु भन्नेमा म पूर्ण बिश्वस्त छु, मैले सिकेका, जानेका, भोगेका र अनुभव गरेका दक्षता एवं क्षमतालाई निःस्वार्थ भावनाले एनआरएन अभियानमा सदुपयोग गर्न चाहान्छु, मभित्रको अभियानप्रतिको हुटहुटी, ईच्छाशक्ति र समर्पणभावलाई मतदाताहरुले अवश्य न्याय गर्नुहुने छ भन्नेमा म ढुक्क छु । यसकारण पनि म सँधै एक कदम अगाडि छु भन्ने कन्फिडेन्स जागृत भईरहन्छ ।’

सत्यालले नेपाल पत्रकार महासंघ जापान शाखा, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज जापान, काभ्रेली समाज जापान, एनआरएन जापानको कान्तो क्षेत्रीय कमिटी हुँदै राष्ट्रिय कमिटी लगायतका विभिन्न संघसंस्थाहरुको विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव बटुलेका छन् ।***

तपाईको प्रतिक्रिया