आइतबार, जेठ १३, २०८१
Sunday, May 26, 2024

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।

तपाईको प्रतिक्रिया