Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग माफी मागेकी छिन् । कमेडी कार्यक्रममार्फत आफूले बोलेका र गरेका टिप्पणीलाई लिएर उनले हमालसँग सार्वजनिक रूपमा माफी मागेकी हुन् ।

शनिबार प्रसारित कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’ मा रजकले राजेश हमाललाई ‘ओभर रेटेड’ कलाकारको संज्ञा दिएकी थिइन् । उनले हमालको अभिनय र नृत्य कौशलमा प्रश्न उठाएकी थिइन् । कार्यक्रमको टिजर सार्वजनिक भएपछि नै रजकको अभिव्यक्तिबारे मिश्रित टिप्पणी भइरहेको थियो ।

कार्यक्रम प्रसारण भएपछि भने उनीबारे तीव्र आलोचना भयो र माफी नै माग्न बाध्य भइन् । ‘हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन ।’

पोस्टमा रजकले आफू राजेश हमालको बौद्धिकताबाट प्रेरित भएको समेत उल्लेख गरेकी छिन् । कार्यक्रममा आफूले महानायकको बारेमा, उनका महान् कार्य र योगदानको बारेमा धेरै राम्रा कुराहरू पनि भनेको भए पनि ती दृश्य काटिएको उनले बताइन् । उनले अगाडि लेखेकी छिन्, ‘अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु । आखिर शब्द मेरै हुन्, मैले भनेको कुराको लागि म आफैँ माफी माग्दछु ।’

उनको पोस्टमा रिप्लाई गर्दै थुप्रैले मिश्रित प्रतिक्रिया दिएका छन् । छोटो क्लिपका भाइरल भएकै कारण माफी माग्न नपर्ने केहीको प्रतिक्रिया छ भने कसैका बारेमा बोल्नुअघि त्यसको परिणाम के हुन्छ ख्याल गर्नुपर्ने केही प्रयोगकर्ताको सुझाव छ । हालसालै अनुप बराल र दिया मास्केबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै एक पोस्ट लेखेपछि पनि उनी विवादित बनेकी थिइन् ।

तपाईको प्रतिक्रिया