सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – नेपालले एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

बहराइनले दिएको ७८ रनको लक्ष्य पछाएको नेपालले १२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

पहिलो ओभरमा २ विकेट गुमाएको नेपालले १० रन बनाउँदै तेस्रो विकेट पनि गुमाएपछि कप्तान देव खनाल र अर्जुन कुमालले नेपालको ब्याटिङ सम्हाल्दै जित दिलाएका थिए । देव खनालले अविजित ३० रन बनाए भने अर्जुन कुमालले अविजित ३२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाएर अल आउट भएको थियो ।

बहराइनलाई अलआउट गर्न नेपाली बलर दिपेस कँडेलले ६ विकेट लिएका थिए । दिपेसले ९.५ ओभरमा ८ ओभर मेडनसहित ४ रन दिएर ६ विकेट लिएका थिए । त्यसैगरी दुर्गेस गुप्ताले ८ ओभरमा एक मेडनसहित २२ रन दिएर ४ विकेट लिएका थिए ।

यो जितपछि नेपालको सेमिफाइनल यात्रा लगभग सुनिश्चित भएको छ  । नेपालले अब अर्को खेल कार्तिक २ गते साउदी अरेबिया खेल्ने छ ।

तपाईको प्रतिक्रिया