Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए)को कोषाध्यक्ष पदका प्रत्याशी सुदनकुमार थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सम्मानित भएका छन्‌ । थापा ‘युथ लिङरसीप एचिभर अवार्ड’बाट सम्मानित भएका हुन् ।

सिजन मिडियाले आयोजना गरेको अवार्ड कार्यक्रममा थापालाई प्रधानमन्त्री प्रचण्डले सम्मान प्रदान गरेका थिए । सामाजिक सेवामा योगदान पुर्‍याएका उत्कृष्ट व्यक्तिलाई सिजन मिडियाले विशेष समारोहकाबीच ‘अवार्ड’सहित सम्मान गरेको हो ।

जापानमा व्यवसाय गर्दै आएका थापा एनआरएनएका पूर्व युवा संयोजक हुन्‌ । युवा संयोजकमा रहँदा उनले विदेशमा बसे नेपाली युवाहरूलाई नेपालको राष्ट्रिय खेलसँग जोडेका थिए । थापाकै पालामा एनआरएनए खेलकुद प्रतिष्ठान गठन भएको थियो ।एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्ष भइसकेका थापाले आर्थिक पारदर्शी सचिवालय, आर्थिक स्थायित्व, स्मार्ट आर्थिक प्रशासन, एनसीसी आर्थिक प्रशासन, संघको खर्च प्रणालीमा विशेष अडिट प्रणाली, ६ वटै महादेशमा एक लाख डलरको फण्ड स्थापना, एनआरएनए स्पोर्टस् एकेडेमीका लागि ठोस् आर्थिक कार्ययोजना, स्वदेश तथा विदेशमा रहेका युवाहरुका लागि स्वदेशमै लगानी अभियान, एनआरएनएबाट हुने कुनै पनि खरिद वा भुक्तानीमा मासिक प्रमाणीकरण व्यवस्था, आर्थिक अनुशासनका लागि मितव्ययी अर्थ प्रशासन, एनआरएनएको आर्थिक व्यवस्थाका लागि एक बृहत् एनआरएनए फाइनान्स मिटमार्फत आधुनिक आर्थिक प्रशासन नीति निर्माणजस्ता ११ वटा प्रमुख एजेन्डा अघि सारेका छन् ।

उनले एनआरएनएमा आर्थिक रुपान्तरणका लागि आफूलाई मत दिन सबै डेलिगेट्सहरुमा अपिल पनि गरेका छन् । एनआरएनए ११ औं महाधिवेशन अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ । यसका लागि झण्डै ४ हजार २ सय प्रतिनिधि र उम्मेदवारहरु नेपाल आउनेक्रम सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया